logo
  • २९ भाद्र २०८३, सोमबार | Mon, 14 Sep 2026
  • महावीर पुनको चुनाव चिह्न त्रिभुज

    • hamroserophero hamroserophero
    • १० माघ २०८२ शुक्रबार
    महावीर पुनको चुनाव चिह्न त्रिभुज

    ९ माघ-म्याग्दी, प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका पूर्वमन्त्री महावीर पुनले त्रिभुज चुनाव चिह्न प्राप्त गरेका छन्। उनले शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई आफूले रोजेको चुनाव चिह्न पाएका हुन्।

    निर्वाचन आयोगले प्रयोग गर्न नमिल्ने केही चिह्नलाई छुट्टै सूचीमा राखेको छ भने बाँकी स्वीकृत चिह्नमध्येबाट उम्मेदवारले छनोट गर्न पाउने व्यवस्था गरेको छ। सोही प्रक्रियाअनुसार पुनलाई त्रिभुज चिह्न प्रदान गरिएको हो।

    निर्वाचन आयोगका अनुसार स्वतन्त्र उम्मेदवारको संख्या १ हजार १८८ पुगेको छ। उम्मेदवारी दर्ता प्रक्रिया यही माघ ६ गते सम्पन्न भएको थियो। आज स्वतन्त्र उम्मेदवारका लागि चुनाव चिह्न वितरणको कार्यतालिका रहेको छ भने दलीय उम्मेदवारले आफ्नो दलको आधिकारिक चिह्न प्रयोग गर्नेछन्।



    hamroserophero hamroserophero    
  • १० माघ २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP