logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • चौरजहारीका प्रमुख र सब–इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    • hamroserophero hamroserophero
    • ३ चैत्र २०८२ मंगलवार
    चौरजहारीका प्रमुख र सब–इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

     ३ चैत -काठमाडौं, रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    आज विशेष अदालत काठमाडौँमा मेयर वादीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले बताए । उनीसँगै चौरजहारीका असिस्टेन्ट सबइन्जिनियर मोहन शाहलाई पनि प्रतिवादी बनाइएको छ ।

    नगरपालिकाको असिस्टेन्ट सबइन्जिनियर पदमा कार्यरत शाहको आर्थिक वर्ष २०८१/८२ मा करार थप्न घुस लिएको मेयर वादीलाई आरोप लागेको छ । सबइन्जिनियर शाहले नै करार थप्नका लागि मेयर वादीलाई एक लाख रुपैयाँ घुस दिएको अख्तियारमा उजुरी हालेका थिए ।

    आर्थिक वर्ष २०८१/८२ मा एक लाख घुस दिएर करार थपिएको र आर्थिक वर्ष २०८२/८३ मा एक लाख घुस दिन नसक्दा करार थप नगरी बर्खास्त गरेको भन्दै शाहले नै अख्तियारमा उजुरी हालेका थिए । त्यसमा छानबिन गर्दा घुस लिए र दिएको भेटिएकाले लिने र दिने दुवै जना विरुद्ध मुद्दा दर्ता गरिएको प्रवक्ता न्यौपानेले बताए ।

    अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा दुवै जनालाई कैद सजाय माग दाबी गरिएको छ । त्यस्तै, घुस लिए दिएको एक लाख रुपैयाँ जफत गर्न पनि माग गरिएको छ ।



    hamroserophero hamroserophero    
  • ३ चैत्र २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP