logo
  • २३ जेष्ठ २०८३, शनिबार | Sat, 06 Jun 2026
  • रवि लामिछानेविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा

    • hamroserophero hamroserophero
    • २५ फाल्गुन २०८२ सोमबार
    रवि लामिछानेविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा

    ५ फागुन-काठमाडौं,  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने लगायतविरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर भएका रिटहरू ‘हेर्न नभ्याइने’ सूचीमा परेका छन् ।

    सोमबार सुनुवाइका लागि न्यायाधीशद्वय डा. नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा पेसी तोकिएको थियो । तर, अदालतको समय अभाव र पालो नआएका कारण उक्त बहुचर्चित मुद्दाहरूमाथि आज सुनुवाइ हुन नसकेको हो ।

    सर्वोच्च अदालतले अद्यावधिक गरेको पेसी सूचीमा तीनवटै रिटको अन्तिम स्थिति ’हेर्न नभ्याइने’ उल्लेख गरिएको छ ।



    hamroserophero hamroserophero    
  • २५ फाल्गुन २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP