logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • जेन-जी आन्दोलनका बेला भागेका एकजना पक्राउ

    • hamroserophero hamroserophero
    • २४ फाल्गुन २०८२ आईतवार
    जेन-जी आन्दोलनका बेला भागेका एकजना पक्राउ

    २४ फागुन- रौतहट, जेन-जी आन्दोलनका क्रममा फरार भएका एक जनालाई पक्राउ गरेको छ। यमुनामाई गाउँपालिका-४ सरुअठा बस्ने देव नारायण साहका ४० वर्षका राम नरेश साह लागुऔषध गाँजा तथा हातहतियार खरखजना सम्बन्धि कसुर मुद्दामा दोषी ठहर भएर कारागार चलान भएका थिए।

     

    रौतहट जिल्ला अदालतको आदेशानुसार कारागार कार्यालय गौर रौतहट चलान भएका थुनुवा साह भदौ २३ गते को जेन-जी आन्दोलनका क्रममा भदौ २४ गते जिल्ला कारागार कार्यालय गौरबाट फरार भएका थिए।

    फरार साहलाई गौर ९ स्थित सिर्शियाबाट प्रहरीले पक्राउ गरी आवश्यक कारबाहीका लागि कारागार कार्यालय गौर, रौतहटमा पठाइएको प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी विष्णु प्रदीप बस्यालले जानकारी दिए।



    hamroserophero hamroserophero    
  • २४ फाल्गुन २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP