logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • सिंहदरबार जलाएको आरोपमा पक्राउ परेका महेन्द्र गौतमलाई उन्मुक्ति दिने निर्णय

    • hamroserophero hamroserophero
    • ११ फाल्गुन २०८२ सोमबार
    सिंहदरबार जलाएको आरोपमा पक्राउ परेका महेन्द्र गौतमलाई उन्मुक्ति दिने निर्णय

    ११ फागुन -काठमाडौं,  जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौंले सिंहदरबारमा आगजनी गरेको आरोपमा पक्राउ परेका महेन्द्र गौतमलाई उन्मुक्ति दिने निर्णय गरेको छ ।

    भदौ २४ गते प्रदर्शनमा सिंहदरबार जलाएको र आगजनी गर्न भीडलाई उत्तेजित बनाएका ३६ वर्षीय गौतमलाई ५ महिनाको खोजीपश्चात २२ माघमा चितवनबाट पक्रेर काठमाडौं ल्याइएको थियो । तर प्रधानमन्त्री सुशीला कार्कीकी कानुनी सल्लाहकार, महान्यायाधिवक्ता सविता भण्डारीको आदेशानुसार गौतमविरुद्ध मुद्दा नचलाउने निर्णय भएको बुझिएको छ ।

    चितवनको खैरहनी नगरपालिका–९ घर भई काठमाडौं महानगरपालिका–२९ अनामनगर बस्ने गौतमलाई भिडियोको आधारमा प्रहरीले पक्राउ गरेको थियो । गौतमले भिडियोमा भनेका थिए, ‘सिंहदरबारको गेट तोडेरभित्र पसेर गृह मन्त्रालयदेखि सबै कार्यालयमा आगो लगाई भ्याइसक्यौं ।’



    hamroserophero hamroserophero    
  • ११ फाल्गुन २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP