logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • मौसम पूर्ण रूपमा भोलिदेखि देशभर खुल्ने

    मौसम पूर्ण रूपमा  भोलिदेखि देशभर खुल्ने

    १४ माघ- काठमाडौं, जल तथा मौसम विज्ञान विभागकी मौसमविद् बिनु महर्जनका अनुसार हाल देशको उच्च पहाडी तथा हिमाली भू–भागमा पूर्ण रूपमा बादल लागेको छ भने बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

    उनका अनुसार अहिले नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । यस प्रणालीका कारण गएरातिदेखि पश्चिमी भू–भाग हुँदै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भएको छ ।

     

    आज बिहानबाट भने बाग्मती प्रदेशमा हल्का वर्षा सुरु भएको मौसमविद् महर्जनले जानकारी दिइन् ।

    गएरातिको वर्षा विवरणअनुसार सुर्खेत जिल्लाको खानी खोला स्टेशनमा सबैभन्दा बढी ४२.६ मिलिमिटर वर्षा मापन भएको छ । त्यसैगरी रुकुम पूर्वको शेरगाउँ स्टेशनमा ३७.८ मिलिमिटर र डडेलधुरामा २९ मिलिमिटर वर्षा मापन गरिएको उनले बताइन् । यी प्रदेशका धेरै स्थानमा मध्यम खालको वर्षा भएको उनको भनाइ छ ।

    ‘पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको बताइन् । अबको केही घण्टामा देशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ,’

    उनका अनुसार बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा हुन सक्नेछ । त्यसैगरी मधेश प्रदेश र कोशी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा, तथा कोशी प्रदेशकै तराई भू–भागका एक–दुई स्थानमा हल्का वर्षा को सम्भावना रहेको छ ।

    मौसमको यो अवस्था आज साँझसम्म कायम रहनेछ । साँझपछि भने मौसममा क्रमिक रूपमा सुधार आउने र भोलिदेखि देशभर मौसम पूर्ण रूपमा खुल्ने मौसमविद् महर्जनले जानकारी दिइन् ।



    hamroserophero hamroserophero    
  • १५ माघ २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP