logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • हर्क साम्पाङसहित निर्वाचन आयोगले तीनजनालाई सोध्यो स्पष्टीकरण

    हर्क साम्पाङसहित निर्वाचन आयोगले  तीनजनालाई सोध्यो स्पष्टीकरण

    १२ माघ -काठमाडौं, निर्वाचन आयोगले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसहित तीन जनालाई स्पष्टीकरण सोधेको छ ।

    आयोगले साम्पाङसहित नेपाली कम्युनिष्ट पार्टीका जाजरकोटका उम्मेदवार शक्ति बस्नेत र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई पनि स्पष्टीकरण सोधेको हो ।

    आयोगले नेपाली कम्युनिष्ट पार्टीका जाजरकोटका उम्मेदवार बस्नेतलाई पैसा बाँडेको भिडिओबारे स्पष्टीकरण सोधेको छ । यसैगरी साम्पाङलाई निर्वाचनमा बालबालिकाको प्रयोग गरेको विषयमा स्पष्टीकरण सोधेको हो ।

    त्यस्तै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई झापा–५ मा नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीको मनोनयन दर्ता गर्दा उनी सरकारी गाडी चढेर सहभागी भएको विषयमा आयोगले स्पष्टीकरण सोधेको हो।



    hamroserophero hamroserophero    
  • १३ माघ २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP