logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेको विधान अधिवेशनको औचित्यमाथि प्रश्न

    • hamroserophero hamroserophero
    • २९ मंसिर २०८२ आईतवार
    एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेको विधान अधिवेशनको औचित्यमाथि प्रश्न

    २८ मंसिर- काठमाडौं, पार्टी साङ्गठनिक संरचनामा हेरफेर गरिएपछि एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले विधान अधिवेशनको औचित्यमाथि प्रश्न उठाएका छन्। पार्टीलाई विधि, प्रक्रिया र विधानअनुसार सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उनले नेतृत्वको स्वेच्छाचारी प्रवृत्तिको विरोध गरे।

     

    तीन महिनाअघि सम्पन्न विधान महाधिवेशनले तय गरेको साङ्गठनिक खाकालाई लत्त्याउँदै फेरि पद सिर्जना गर्न खोज्नुलाई पाण्डेले ‘मनपरी’को संज्ञा दिएका छन्। सामाजिक सञ्जालमार्फत उनले चाहेको बेला संशोधन गर्नको लागि पार्टी विधान कुनै ‘अस्थायी’ दस्ताबेज नभएको बताएका छन।

     

    विधानले निर्दिष्ट गरेको बाटोबाट अहिले आएर ‘दायाँ-बायाँ’ गरिए विधान महाधिवेशनको औचित्य नै समाप्त हुने पाण्डेको तर्क छ। पार्टी सञ्चालन व्यक्तिको तजबिजमा नभई विधि र प्रक्रियामा आधारित हुनुपर्नेमा जोड दिँदै उनले यस प्रकारको ‘मनपरीतन्त्र’ विरुद्ध लडाइ जारी रहेको बताए।

     



    hamroserophero hamroserophero    
  • २९ मंसिर २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP