logo
  • २३ जेष्ठ २०८३, शनिबार | Sat, 06 Jun 2026
  • रवि लगायत माथिको संगठित र सम्पत्ति शुद्धीकरण अभियोग फिर्ता लिने तयारी

    रवि लगायत माथिको संगठित र सम्पत्ति शुद्धीकरण अभियोग फिर्ता लिने तयारी

    २ माघ काठमाडौं, सहकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सबै अभियुक्तमाथि लगाइएका संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी अभियोग फिर्ता लिने तयारी भएको छ।

    महान्यायाधिवक्ता कार्यालयले विवाद बढेपछि एक जनाको मात्र होइन, सबै अभियुक्तको हकमा समान रूपमा यी अभियोग नलगाउने निर्णय कार्यान्वयनमा लैजान निर्देशन दिएको हो।

    यसअनुसार अब कास्की, काठमाडौं, रुपन्देही, पर्सा र चितवन जिल्ला अदालतमा दर्ता मुद्दाहरूमा ठगी तथा सहकारी ठगीसम्बन्धी अभियोग मात्रै कायम रहनेछ।

    मुलुकी फौजदारी कार्यविधि संहिता अनुसार अभियोग संशोधन गर्ने निर्णय भइसकेको महान्यायाधिवक्ता कार्यालय स्रोतले जनाएको छ।



    hamroserophero hamroserophero    
  • ३ माघ २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP