logo
  • २३ जेष्ठ २०८३, शनिबार | Sat, 06 Jun 2026
  • दुर्गा प्रसाईं वार्तामा आउनुको कारण यस्तो

    दुर्गा प्रसाईं  वार्तामा आउनुको कारण यस्तो

    २ माघ -काठमाडौं, मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री जस्तो मान्छेले बोलाएको भएर सम्मानको लागि मात्र आएको बताएका छन् ।

    शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका प्रसाईंले सरकारसँगको वार्ता भंग भएपनि प्रधानमन्त्रीले चिठी पठाएर माघ २ गते वार्तामा आइदिनुपर्‍यो भनेपछि चिठीको सम्मानका लागि मात्र आएको बताए ।

    उनले भने, ‘मैंले वार्ता भंग गरेको हुँ । सरकारसँग कुनै वैधानिकता छैन्, भए पनि वार्ता भंग गरेँ । त्यसपछि फेरि चिठी पठाउनु भएको थियो । माघ २ गते वार्तामा आइदिनु भन्नुभएको थियो । जे भएपनि महिला प्रधानमन्त्री जस्तो मान्छेले बोलाएको किन चित्त दुखाई दिनु भनेर म वार्ताको लागि आएको मात्र हो ।’

    सरकारसँग कुनै वैधानिकता नभएको कारण वार्ता भंग गरेको पनि उनको भनाई छ ।



    hamroserophero hamroserophero    
  • ३ माघ २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP