logo
  • २३ जेष्ठ २०८३, शनिबार | Sat, 06 Jun 2026
  • दुर्गा प्रसाईं फेरि पक्राउ

    • hamroserophero hamroserophero
    • १७ फाल्गुन २०८२ आईतवार
    दुर्गा प्रसाईं फेरि पक्राउ

    १७ फागुन-काठमाडौं, राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक तथा विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले प्रसाईंलाई आइतबार बिहान उनको आफ्नै निवासबाट पक्राउ गरेको हो । प्रसाईंलाई जिल्ला प्रहरी भक्तपुरको हिरासतमा राखिएको छ ।

    प्रसाईंको नेतृत्वमा आज नेपाल बन्दको कार्यक्रम घोषणा गरिएको थियो ।

    उनले पूर्वराजपरिवार नै सडकमा आउने भनेर उत्तेजक अभिव्यक्ति दिएका थिए । यद्यपि, पूर्वराजपरिवारको सडकमा आउने कुनै कार्यक्रम नभएको बताइएको छ ।



    hamroserophero hamroserophero    
  • १७ फाल्गुन २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP