logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • तार बेची खाएको आरोपमा कर्मचारीमाथी मुद्दा

    तार बेची खाएको आरोपमा कर्मचारीमाथी मुद्दा

    २९ पुष -काठमाडौं, नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रका तत्कालीन केन्द्र प्रमुख राजीव कुमार सिंहसमेत चारजनाविरुद्ध भ्रष्टाचार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।

    आयोगले वितरण केन्द्रका तत्कालीन प्रमुख राजीव कुमार सिंह,तत्कालीन सहायक लेखा अधिकृत लोकप्रसाद काफ्लेविरुद्ध सार्वजनिक सम्पत्ति हानीनोक्सानी पुर्‍याइ भ्रष्टाचार गरेको भन्दै मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

    कान्तिपुर सेक्युरिटी सर्भिस प्रालि काठमाडौंका सेक्युरिटी गार्ड रामकुमार पुर्जा र हेम शर्मा रिजाललाई उक्त मुद्दामा प्रतिवादी बनाएको छ। उनीहरूविरुद्ध जनही १३ करोड ९३ हजार ६०३ रुपैयाँ विगो माग गरिएको छ।

     

    पोखरा वितरण केन्द्रले ९०० मिटर तामाको तार बेचेर खाएको भन्ने उजुरी परेको थियो। सोही उजुरीका आधारमा अनुसन्धान हुँदा तत्कालीन कार्यलय प्रमुख सिंहसहितको आपसी मिलेमतोमा प्राधिकरणको तामाको तार बाहिर बेचेर १३ लाख ९३ हजार ६०३ रुपैयाँ हानीनोक्सानी गरेको खुल्न आएको अख्तियारको ठहर छ।

    पोखरा वितरण केन्द्रले कोत्रे पोल प्लान्मा रहेको स्टोरबाट ९ मिटर पीभीसी तार हराएको भनी वितरण केन्द्रका स्टोर प्रमुखले कार्यालय प्रमुखसमक्ष निवेदन दिएका थिए। उक्त निवेदनमाथि अनुसन्धान गर्न पोखरा वितरण केन्द्रले छानबिन समिति गठन समेत गरेको थियो।



    hamroserophero hamroserophero    
  • २९ पुष २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP