logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

    जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

    ६ पुष- भक्तपुर, सूर्यविनायक नगरपालिका-८ सूर्यविनायक डेरा गरी बस्ने काभ्रे रोशी गाउँपालिका-६ घर भएका ३९ वर्षीय पुर्णसिंह लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा पुर्णसिंह समेत ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार २ सय २५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



    hamroserophero hamroserophero    
  • ६ पुष २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP