logo
  • १९ जेष्ठ २०८३, मंगलवार | Tue, 02 Jun 2026
  • तालिमरत सशस्त्र जवानको मृत्यु

    • hamroserophero hamroserophero
    • २१ बैशाख २०८३ सोमबार
    तालिमरत सशस्त्र जवानको मृत्यु

    २१ वैशाख- धनगढी । कैलालीमा तालिमरत सशस्त्र प्रहरीका जवानको मृत्यु भएको छ ।

    सशस्त्र प्रहरीको बडिमालिका जवान तालिम शिक्षालय बनबेहडामा तालिम गरिरहेका सशस्त्र प्रशिक्षार्थी जवान दार्चुलाको नौगाड गाउँपालिका-१ घर भएका महेश महताको उपचारका क्रममा मृत्यु भएको हो ।

    उनलाई राति साढे १ बजेतिर टाउको र छाती दुख्न थालेपछि उपचारका लागि सशस्त्रको फिल्ड हस्पिटल अत्तरिया लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि तत्कालै अत्तरिया अस्पताल लगिएको थियो ।

    उपचारकै क्रममा बिहान साढे ४ बजे बेहोस् भएका थिए । त्यसपछि सवा ५ बजे महतालाई मृत घोषणा गरिएको थियो ।



    hamroserophero hamroserophero    
  • २१ बैशाख २०८३ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP