logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • नवजात शिशु झाडीमा फाल्ने महिला प्रहरीको नियन्त्रणमा

    नवजात शिशु झाडीमा फाल्ने महिला प्रहरीको नियन्त्रणमा

    १ पुष- कैलाली, पुसको कठ्याङ्ग्रिने चिसोमा नवजात शिशु जन्माएर झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटना धनगढीको हो ।

    जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढी उपमहानगरपालिका–८ भद्रटोलकी २९ वर्षीया राममति रानालाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको हो। उनी विवाहित रहेको र उनका श्रीमान् रोजगारीका सिलसिलामा विदेशमा रहेको जिल्ला प्रहरी कार्यालयकाले जानकारी दिएको छ। प्रसव पीडाका कारण महिला धेरै बोल्न सक्ने अवस्थामा नरहेकाले नवजात शिशु फाल्नुको कारण पछि मात्र खुल्नेछ।

     

    आज बिहान धनगढी उपमहानगरपालिका–८ भद्रटोलस्थित नालानजिक फालिएको अवस्थामा नवजात शिशु फेला परेको थियो। करिब साढे ९ बजे सालनाल लागेको र कपडाले बेरिएको अवस्थामा शिशु भेटिएको थियो। प्रहरीले शिशुको उद्धार गरी उपचारका लागि सेती प्रादेशिक अस्पतालमा पठाएको छ। छोरी रहेको नवजात शिशुको अवस्था हाल सकुशल रहेको छ।

    नवजात शिशु बेवारिसे अवस्थामा भेटिएपछि प्रहरीले आमाको खोजी गरेको थियो।



    hamroserophero hamroserophero    
  • १ पुष २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP