logo
  • ३ बैशाख २०८३, बिहीबार | Thu, 16 Apr 2026
  • अवतरणको क्रममा रहेको जहाज र दमकल ठोक्किएपछि…

    अवतरणको क्रममा रहेको जहाज र दमकल ठोक्किएपछि…

    ९ चैत -काठमाडौं,  अमेरिकामा अवतरणको क्रममा रहेका जहाज र दमकल ठोक्किएको छ ।

    आइतबार राति अवतरणका क्रममा यात्रुवाहक विमान र दमकल गाडी ठोक्किँदा पाइलट र को–पाइलटको मृत्यु भएको छ भने दर्जनौं यात्रु घाइते भएका हुन् ।

    एयर क्यानडाको विमानले अवतरण गर्ने क्रममा विमानस्थलको रनवेमा रहेको उद्धार तथा अग्निनियन्त्रण सवारीसँग ठोक्किएको थियो । विमानमा ७२ यात्रु र ४ जना चालक दलका सदस्य रहेका थिए।

    विमानको अगाडिको भागमा गम्भीर क्षति पुगेको छ ।

    दुर्घटनालगत्तै आपतकालीन उद्धार प्रोटोकलहरू सक्रिय पारिएको थियो । पोर्ट अथोरिटीले विज्ञप्तिमार्फत उद्धार र विस्तृत अनुसन्धानका लागि विमानस्थल बन्द गरिएको जनाएको छ ।



    hamroserophero hamroserophero    
  • ९ चैत्र २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP