logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • दुई स्थानबाट भरूवा बन्दुक सहित पाँच जना पक्राउ

    • hamroserophero hamroserophero
    • ३० मंसिर २०८२ सोमबार
    दुई स्थानबाट भरूवा बन्दुक सहित पाँच जना पक्राउ

    २९ मंसिर -रूकुम पूर्व, पुथा उत्तरगंगा गाउँपालिका-८ बाट भरूवा बन्दुक २ थान र सोही बन्दुकमा प्रयोग हुने बारूद करिब २ सय ग्राम सहित ३ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-८ खराङ बस्ने ३० वर्षीय शेर बहादुर थापा, ४३ वर्षीय यम प्रसाद पुन र ४८ वर्षीय कृष्ण बहादुर मल्ल रहेका छन् । जिल्ला प्रहरी कार्यालय रूकुम पूर्व समेतबाट खटिएको प्रहरीले शेर बहादुरको गोठ तलासी गर्दा उक्त हातहतियार फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

    उदयपुर, कटारी नगरपालिका-१२ अर्नाबाट भरूवा बन्दुक १ थान सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीय मित्र बहादुर बुढाथोकी र ४४ वर्षीय हिरालाल तामाङ रहेका छन् । प्रहरी चौकी बसेरीबाट खटिएको प्रहरीले मित्र बहादुरको बारीबाट उक्त बन्दुक फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



    hamroserophero hamroserophero    
  • ३० मंसिर २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP