logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • आफ्नै श्रीमती हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ

    • hamroserophero hamroserophero
    • २९ मंसिर २०८२ आईतवार
    आफ्नै श्रीमती हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ

    २८ मंसिर- संखुवासभा, आफ्नै श्रीमती ३७ वर्षीया मिना शेर्पाको हत्यामा संलग्न रहेको अभियोगमा मादी नगरपालिका-३ बस्ने ४९ वर्षीय प्रेम दोर्चा शेर्पालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चैनपुर समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    प्रारम्भिक अनुसन्धानको क्रममा मंसिर ९ गते राति मादी नगरपालिका-४ ओखरेबजारबाट घर फर्किने क्रममा उनीहरूबीच वादविवाद हुँदा प्रेमले मिनाको हत्या गरी सोही नगरपालिका-३ स्थित आफ्नै अलैँची बारीमा गाडेको खुल्न आएको छ ।

    उनी उपर कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत संखुवासभाबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



    hamroserophero hamroserophero    
  • २९ मंसिर २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP