२७ मंसिर- सुर्खेत, पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली बारे नेपाल कम्युनिस्ट पार्टीका नेता डा.भीम रावलले कडा आलोचना गरेका छन् ।
शनिबार सुर्खेतमा आयोजित नेकपाको एकता सन्देश सभामा बोल्दै उनले नयाँ पुस्ता (जेनजी) को आवाज सुन्नुको साटो दमनमा उत्रिएको र आन्दोलन चर्किएपछि भागेको आरोप लगाएका छन । देश सङ्कटमा पर्दा वा आगो लागेका बेला भाग्ने प्रवृत्ति नेतामा हुन नहुने उनको भनाई रहेको छ।
‘केपी ओलीलाई देशको नेता हुँ भन्नु लाज लाग्नुपर्ने हो । देशमा आगो लागेका बेला भाग्ने रु जेनजीका माग सुन्नुपर्नेमा उल्टै दमन गर्ने अनि आन्दोलन भएपछि भाग्ने रु हाम्रा कलिला युवाहरूको आवाजले केपीजी भाग्नुभयो, यो लज्जास्पद र शर्मनाक भयो । अझ अहिले पनि म शक्तिशाली हुँ भन्न सुहाउँदैन ।’ ओलीप्रति आक्रामक रूपमा प्रस्तुत भएर रावलले भनेका थिए ।
प्रतिक्रिया