logo
  • २३ जेष्ठ २०८३, शनिबार | Sat, 06 Jun 2026
  • शेखर समूह अदालत नजाने

    शेखर समूह अदालत नजाने

    ४ माघ -काठमाडौं, निर्वाचन आयोगले नेपाली काँग्रेसको आधिकारिकता गगन थापा पक्षलाई दिएपछि अदालत पुगेको शेरबहादुर देउवा पक्षको पछाडि शेखर कोइराला समूह नलाग्ने भएको छ ।

    देउवा पक्षका नेताहरूले निर्वाचन आयोगको निर्णयविरुद्ध रिट दायर गरे पनि कोइरालासहित उनी पक्षका नेताहरू अदालत उपस्थित नभएका हुन् । कोइरालानिकट नेताहरूले अदालतभन्दा पार्टीभित्रै राजनीतिक समाधान खोज्नुपर्ने धारणा राखेका छन्।

    उनीहरूका अनुसार निर्वाचन आयोगले मान्यता दिएको कार्यसमितिसँगै कांग्रेसको वैधानिकता रहेको भन्दै न्यायालयमा जाने आवश्यकता नभएको निष्कर्षमा पुगेका छन्।

    यसैबीच, कोइरालाले आफ्ना निकट नेताहरूसँग छलफललाई निरन्तरता दिइरहेका छन्। आज दिउँसो पनि कोइराला पक्षको बैठक बोलाइएको छ ।



    hamroserophero hamroserophero    
  • ५ माघ २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP