logo
  • २० जेष्ठ २०८३, बुधबार | Wed, 03 Jun 2026
  • गगन थापाले भने, कांग्रेस राष्ट्रिय जिम्मेवारीबाट चुक्दा त्यसको मूल्य सिंगो देशले चुकाउनुपर्ने छ

    • hamroserophero hamroserophero
    • ३० मंसिर २०८२ सोमबार
    गगन थापाले भने, कांग्रेस राष्ट्रिय जिम्मेवारीबाट चुक्दा त्यसको मूल्य सिंगो देशले चुकाउनुपर्ने छ

    २९ मंसिर- ललितपुर, सोमबार नेपाली कांग्रेस ललितपुरले जिल्ला पार्टी कार्यालय नखिपोटमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस राष्ट्रिय शक्ति भएकाले राष्ट्रिय जिम्मेवारीबाट चुक्दा त्यसको मूल्य सिंगो देशले समेत चुकाउनुपर्ने बताएका छन ।

    त्यस्तै् देश अहिले हिंसाको चपेटामा रहेको बताउँदै जस्तोसुकै मूल्य चुकाएर भएपनि यो हिंसाको आहालबाट नेपाललाई बाहिर निकाल्ने जिम्मा कांग्रेको काँधमा रहेको थापाले बताए ।

     

    निर्वाचनबाट जुन पार्टीले फाइदा लिए पनि देशलाई जिताउने काम नेपाली कांग्रेसको बताउँदै उनले कांग्रेसले राम्रो काम गरे मतदाताले आफैं पछ्याउने धारणा राखे । भएका गल्ती कमजोरीहरु सुधारेर कांग्रेसले फेरि एकपटक देशलाई सम्हाल्ने जिम्मेवारी निर्वाह गर्नुपर्ने अवस्था आएको उनको भनाई छ ।



    hamroserophero hamroserophero    
  • ३० मंसिर २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP