२७ मंसिर- दाङ, देउखुरीको लमहीको एक होटलमा आज गोली चलेको छ ।
आज शनिबार बिहान लमहीकै रातोडाँडास्थित होटलमा गोली चल्दा एक जना घाइते भएका छन् ।रातोडाँडामा रहेको रोयल प्यालेस होटलमा पेस्तोलबाट गोली पड्किँदा सोही होटलमा कार्यरत १८ वर्षीय सिसम गौतम घाइते भएका छन ।
गौतमको हातको औंलामा चोट लागेको र उनको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । घाइते गौतमका अनुसार कोठा सफा गर्ने क्रममा (एसी) माथि राखिएको पेस्तोल अचानक पड्किएको थियो । त्यो पेस्तोल कसको हो र त्यहाँ किन राखिएको हो भन्ने खुलेको छैन ।
घटनाबारे जानकारी पाउनासाथ वडा प्रहरी कार्यालय लमहीको टोली सो होटलमा पुगेको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया