logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • स्रोत नखुलेको नगद सहित एक जना पक्राउ

    • hamroserophero hamroserophero
    • २७ मंसिर २०८२ शुक्रबार
    स्रोत नखुलेको नगद सहित एक जना पक्राउ

    २६ मंसिर- रौतहट, मौलापुर नगरपालिका-३ बाट स्रोत नखुलेको नगद ११ लाख ४७ हजार रूपैयाँ सहित बारा सिम्रौनगढ नगरपालिका-११ भवानीपुर बस्ने ३६ वर्षीय मुन्ना प्रसाद जैसवाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

     

    इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीले हरनैयाबाट देवाहीतर्फ जाँदै गरेको म.प्र-०३-०३३ प ३११० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित पक्राउ गरेको हो ।

     

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



    hamroserophero hamroserophero    
  • २७ मंसिर २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP