२६ मंसिर -खोटाङ, कुकुरलाई झुण्ड्याएर कुटपिट गरी निर्दयी तरिकाले हत्या गरेएको थियो । बराहपोखरी गाउँपालिकाका बाबुराम मगरले हत्याको फोटो फेसबुकमा पोस्ट गरेपछि घटना सार्वजनिक भएको थियो ।
घटनाअनुसार, मगरको भाले कुकुर र छिमेकीको पोथी कुकुरबीच संसर्ग भइरहेको बेला छुटाउने क्रममा भाले कुकुरले आफ्नै भतिजलाई टोकेको थियो । रिसको झोंकमा उनले पोथी कुकुरलाई झुण्ड्याएर, कुटेर मारेका थिए । फेसबुक पोस्टमा उनले सामुदायिक कुकुर मारेको लेखेका थिए तर प्रहरीलाई दिएको बयानमा आफ्नै कुकुर मारेको बताएका थिए ।
विराटनगरकी पशु अधिकारकर्मी एलिना प्रसाईंले फेसबुक पोस्टका स्क्रिनशट र फोटोहरू संकलन गरी खोटाङ प्रहरीलाई तेसबारे जानकारी गराएकी थिइन् । प्रहरीले मुचुल्का उठाउने काम सकेर पशुपन्छीसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान अघि बढाएको थियो । त्यसपछि प्रहरीले अभियुक्तलाई तुरुन्त पक्राउ गरेको थियो ।
प्रतिक्रिया