logo
  • २२ जेष्ठ २०८३, शुक्रबार | Fri, 05 Jun 2026
  • ओलीले कार्की नेतृत्वको सरकारलाई भनेः गोबरले टाँसेको नाग ।

    • hamroserophero hamroserophero
    • २६ मंसिर २०८२ बिहीबार
    ओलीले कार्की नेतृत्वको सरकारलाई भनेः गोबरले टाँसेको नाग ।

    २५ मंसिर- काठमाडौं, सरकार र जेनजीहरुबिच भएको १० बुँदे सम्झौतालाई एमाले अध्यक्ष केपी ओलीले फजुल कागज भनेका छन्।

    एमालेको ११ औँ महाधिवेशन अगाडि सम्पादकहरूसँगको अन्तर्क्रियामा उनले बुधवार भएको सम्झौता कार्यक्रमलाई कलाविहीन नाटक भएको टिप्पणी गर्दै जेनजीहरुले नै सम्झौता अस्वीकार गरेर च्यातेको बताएका छन।

    उनले कोको बोलाएर कागज थमाएको भन्दै पहिल्यै रिहल्सनमा सिकाएर पठाएको तर पाठ बिग्रिएको भन्दै उनले भने “ त्यो त त्यही अस्वीकार भयो। उनीहरूले नै च्यातिदिए। त्यस्ता फजुल कागजहरूलाई मान्यता दिने भन्ने प्रश्नै उठ्दैन।”

    उनले अन्तर्क्रियामा एमाले सकियो भन्नेहरूलाई भक्तपुरको ठूलो मैदानमा जवाफ दिने भन्दै कार्की नेतृत्वको सरकारलाई नाग पञ्चमीमा गोबरले टाँसेको नाग भएको बताएका छन। उनले कार्यक्रममा पटक पटक कार्की नेतृत्वको सरकारलाई गोबरले टाँसेको नाग भन्दै खिसीटिउरी गरिरहे।



    hamroserophero hamroserophero    
  • २६ मंसिर २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP