logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • थाइल्यान्ड र कम्बोडियन बिचको झडपमा नौ जना थाई सैनिकको मृत्यु

    • hamroserophero hamroserophero
    • २६ मंसिर २०८२ बिहीबार
    थाइल्यान्ड र कम्बोडियन बिचको झडपमा नौ जना थाई सैनिकको मृत्यु

    २५ मंसिर- थाइल्यान्ड , कम्बोडियासँग सीमामा भई रहेको झडपमा नौ जना थाई सैनिकको मृत्यु हुनुका साथै १२० भन्दा बढी घाइते भएका छन ।

     

    झडपमा लगभग दुई लाख थाई नागरिकलाई विस्थापित गरेपछि उनीहरुले शरणार्थी शिविरमा शरण लिएका छन् । पत्रकारको साक्षात्कारमा सुरासान्टले शरण लिएकै अवस्थामा तीन शरणार्थीको मृत्यु भएको रिपोर्ट गरिएको जनाउँदै अहिलेसम्म ८४९ शरणार्थी शिविर स्थापना गरिएको छ ।

     

    यसैबिच झडपमा लगभग २०० अस्पताल तथा क्लिनिक प्रभावित भएको जनाइएको छ । थाइल्यान्ड सेनाका क्षेत्रीय कमान्डले बिहीबार सामाजिक सञ्जालको पोस्टमा कम्बोडियन सेनाले थाइल्यान्डको उबोन रत्चथानी र सिसाकेट प्रान्तका धेरै स्थानमा गोलाबारी गर्दै झडप अझै जारी रहेको बताउनुभएको छ ।

    • रासस/सिन्ह्वा



    hamroserophero hamroserophero    
  • २६ मंसिर २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP