logo
  • २३ जेष्ठ २०८३, शनिबार | Sat, 06 Jun 2026
  • बङ्गलादेशमा गठन हुने अन्तरिम सरकारका सदस्यहरुको आज शपथ

    • hamroserophero hamroserophero
    • २४ श्रावण २०८१ बिहीबार
    बङ्गलादेशमा गठन हुने अन्तरिम सरकारका सदस्यहरुको आज शपथ

    काठमाडौं । बङ्गलादेशमा गठन हुने अन्तरिम सरकारका सदस्यहरुले आज शपथ ग्रहण गर्ने तयारी छ । नोबेल पुरस्कार विजेता मोहम्मद युनुस नेतृत्वको सल्लाहकार परिषद्ले आज शपथ लिने तयारी भइरहेको बङ्गलादेशका सेना प्रमुख जनरल वाकर जमानलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

    आज बेलुकी ८ बजे सपथ ग्रहणको कार्यक्रम हुनेछ । सल्लाहकार परिषद् १५ सदस्यीय हुने सम्भावना रहेको सेना प्रमुखको भनाइ छ । सेना प्रमुख वाकरले तीनदेखि चार दिनभित्र बङ्गलादेशको परिस्थिति सामान्य हुने पनि बताउका छन् ।

    विद्यार्थीले थालेको आरक्षणविरुद्धको आन्दोलनले हिंसात्मक रुप लिँदा प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिँदै देश छाडेपछि सेना प्रमुख वाकरले अन्तरिम सरकार गठन गर्न अग्रसरता लिनुभएको थियो । त्यसपछि आन्दोलनरत विद्यार्थीको मागअनुसार नोबेल पुरस्कार विजेता युनुसको नेतृत्वमा सरकार गठन हुन लागेको हो ।

    यसैबीच, बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले तत्काल बेलायतको शरण नपाउने देखिएको छ । भारतीय सञ्चारमाध्यमले हसिनाको सम्भावित निर्वासनबारे बेलायती अधिकारीहरुसँग लिएको प्रतिक्रियामा उनीहरुले  निर्वासन वा अस्थायी शरण लिनका लागि बेलायत यात्रा गर्ने प्रावधान नभएकोले  हसिनाले बेलायतको यात्रा गर्न नपाउने बताएका छन् । यसै कारण हसिनालाई केही समय भारतमै रोकिनुपर्ने भएको छ ।



    hamroserophero hamroserophero    
  • २४ श्रावण २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP