गोरखा । गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २७ वर्षिय हरि बिक रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । उनी आरुघाट गाउपालिका ६ कल्लेरीका हुन् ।
गोरखा नगरपालिका ७ मान्द्रेढुङ्गास्थित डिस्क होम फाइबर नेटको काम गर्न बिजुलि पोल चढेका बेला उनलाई आज (आइतबार) विहान करिब साढे सात बजे करेन्ट लागेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरिले जनाएको हो ।
प्रतिक्रिया