logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • रेशम चौधरीलाई पक्राउ गरेर थुनाउने महिमानलाई ६ महिना कैद सजाय

    • hamroserophero hamroserophero
    • ४ बैशाख २०८३ शुक्रबार
    रेशम चौधरीलाई पक्राउ गरेर थुनाउने महिमानलाई ६ महिना कैद सजाय

    ४ वैशाख- काठमाडौं । रेशम चौधरीलाई पक्राउ गरेर थुनाउन प्रहरीलाई पत्र लेख्ने सर्वोच्च अदालतका कर्मचारी महिमानसिंह विष्टलाई ६ महिना कैद सजाय तोकिएको छ ।

    जिल्ला अदालत, काठमाडौँका न्यायाधीश खिमानन्द भुसालको इजलासले महिमानलाई ६ महिना कैद सजाय तोकेको हो।

    जिल्ला अदालतले महिमानलाई १० हजार रुपैयाँ जरिवाना पनि तोकेको छ।

    यसअघि गत चैत २२ गते जिल्ला अदालतका न्यायाधीश भुसालको इजलासले महिमानलाई दोषी ठहर गरेको थियो। त्यसमा बिहीबार बसेको इजलासले सजाय निर्धारण गरिएको हो।

    कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते आठ सुरक्षाकर्मी र एक बालकको ज्यान गएको घटनामा मुख्य दोषी ठहर भएका रेशमलाई जिल्लादेखि सर्वोच्च अदालतसम्मले जन्मकैद सजाय तोकेका थिए। तर, सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई २०८० जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर कैद माफ गरिदिएका थिए।

    महिमानले आफूखुशी प्रहरीलाई पत्र लेखेर सर्वोच्च अदालत सुरक्षा एकाइले पक्राउ गरेर आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर, काठमाडौँको जिम्मा लगाएको थियो। त्यसअघि अदालतले उक्त पत्रमाथि आन्तरिक छानबिन गरेको थियो।

    अदालतले दिएको प्रतिवेदनका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। महिमानले लेखेको पत्रका आधारमा रेशम पाँच घण्टा डिल्लीबजार कारागारमा थुनिएका थिए।



    hamroserophero hamroserophero    
  • ४ बैशाख २०८३ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP