logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • गोरखा क्यामुन्टारका जेष्ठ नागरिक तथा विद्यालयका पूर्वशिक्षकहरु सम्मानित

    • hamroserophero hamroserophero
    • २५ फाल्गुन २०८१ आईतवार
    गोरखा क्यामुन्टारका जेष्ठ नागरिक तथा  विद्यालयका पूर्वशिक्षकहरु सम्मानित

    काठमाडौं । गोरखा क्यामुन्टारका जेष्ठ नागरिक तथा पाटनदेवी माध्यमिक विद्यालयका पूर्वशिक्षकहरुलाई सम्मान गरिएको छ । गोारखाको क्यामुन्टारबाट काठमाडौं आएर बिभिन्न पेशा व्यवसाय गर्दै आएका क्यामुन्टार बासीहरुले हिजो (सनिबार) बालाजु वाईसधारामा संयुक्त वनभोज कार्यक्रमको अवसरमा सम्मान  गरिएको हो ।

    काठमाडौको वाईसधारा पार्क स्थित गुम्बा पिकनिक स्पटमा उक्त कार्यक्रम आयोजना गरिएको आयोजक समितिका सदस्य सुदिप रेग्मीले जानकारी दिए ।बनभोज कार्यक्रममा करिब २०० जना क्यामुन्टारवासीहरुको उपस्थित रहेको आयोजक समितीका सन्तोष श्रेष्ठले जानकारी दिए ।

    सो कार्यक्रममा वनभोज साथै सम्मान तथा बिभिन्न खेलकुद र मनोरन्जनात्मक कार्यक्रमहरु पनि सभावेश गरिएको थियो । खेलकुद तर्फ बिंगो, हाँडी फुटाई, साना नानीहरु लक्षित आउटईन कार्यक्रम थियो । क्यामुन्टार निवासी जेष्ठ नागरिक तथा पाटनदेवी माध्यमिक विद्यालयका पूर्वशिक्षकहरुलाई दोसल्ला ओडाई सम्मान गरिएको थियो । नागार्जुन नपा वडा नं १ का सदस्य राम प्रसाद खनालले पूर्वप्रधानाध्यापक हरिदत्त खनाललाई दोसस्ला ओढाएर सम्मान गरेका थिए भने जेष्ठ सदस्य लगायत पूर्वशिक्षकहरुलाई हरिदत्त खनालले दोसल्ला ओढाई सम्मान गरेका थिए ।

    खेलकुदतर्फ सहजकर्ताको भुमिकामा आयोजक समितीका यमराज खड्का, अनुज खनाल, सन्दिप रेग्मी र ठाकुर खनाल तथा कार्यक्रम सन्चालन गणेश दुवाडीले गरेका थिए । खेलकुद तर्फ बिजेताहरु क्रमशः सन्तोस श्रेष्ठ (हाडी फुटाई) रु. ५००, अदिती खनाल र यूनिक खड्का(आउट( ईन) रु. २००, रु.३००० तथा सफल मरहठ्ठा, मिन बहादुर श्रेष्ठ, अप्सरा दुवाडी, रन्जन खनाल (विंङ्गो जनही रु. १००० ) र सफला कुमाल (विंगो फुल हाउस( तर्फ रु. ३०००) लाई पुरस्कार क्रमशः हरिदत्त खनाल, गोपीलाल ढकाल र हरि अर्यालले वितरण गरेका थिए ।

    कार्यक्रममा क्यामुन्टार वासी बिभिन्न सेवा तथा क्षेत्रमा परिचित व्यक्तित्वहरु ललित श्रेष्ठ, हरि खनाल, राम चन्द्र खनाल, अनुप खनाल, उत्तम थापा, प्रकाश थापा, कृष्ण अर्याल, जित बहादुर कुमाल लगायत १६० र बालबालिकासहित करिब २०० जनाको उपस्थित रहेको साथै आफु बिबिध कारणले उपस्थित हुन नसके पनि गणेश रेग्मी, ओमकार थापा, अम्मर सिं थापा, रामकृष्ण अर्याल लगायतले कार्यक्रमको सफलताको शुभकामनासहित नगद सहयोग गरेका संयोजक ईश्वर अर्यालले जानकारी दिए ।



    hamroserophero hamroserophero    
  • २५ फाल्गुन २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP