logo
  • १ बैशाख २०८३, मंगलवार | Tue, 14 Apr 2026
  • पहिलोपटक अंगीकृत नागरिकता वितरण

    • hamroserophero hamroserophero
    • १४ फाल्गुन २०८२ बिहीबार
    पहिलोपटक अंगीकृत नागरिकता वितरण

    १४ फागुन -काठमडौं, संशोधित नागरिकता कानुन कार्यान्वयनमा आएपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जा ले जिल्लामै पहिलोपटक अंगीकृत नागरिकता वितरण गरेको छ ।

    पुतलीबजार नगरपालिका–४ निवासी मुना पोख्रेलका सन्तान १९ वर्षीय डेबिट पोख्रेल र १७ वर्षीया प्रियंका पोख्रेलले नागरिकता प्राप्त गरेका हुन् । नेपाली आमा र भारतीय बाबुबाट जन्मिएका उनीहरूलाई कानुनी व्यवस्था नहुँदा लामो समय नागरिकता लिन कठिनाइ थियो ।

     

    नेपाल नागरिकता चौथो संशोधन ऐन तथा नियमावली २०८२ अनुसार नेपाली आमा र विदेशी बाबुबाट नेपालमै जन्मी बसेकालाई जिल्लाबाटै अंगीकृत नागरिकता दिने व्यवस्था भएपछि नागरिकता वितरण सम्भव भएको हो ।

    प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले अब आवश्यक कागजात पूरा गर्ने अन्य पात्र व्यक्तिले पनि नागरिकता पाउने बताउनुभएको छ । प्रशासनले प्रक्रिया थप सहज र प्रभावकारी बनाउँदै लैजाने जनाएको छ ।



    hamroserophero hamroserophero    
  • १४ फाल्गुन २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP