logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • ठगीको आरोपमा फरार रहेका लेखा समिति सभापति पोखरेलका पूर्व स्वकीय सचिव पक्राउ

    ठगीको आरोपमा फरार रहेका लेखा समिति सभापति पोखरेलका पूर्व स्वकीय सचिव पक्राउ

    विराटनगर । संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेल पक्राउ परेका छन् । आज बिहान जिल्ला प्रहरी कार्यालय मोरङ नजिकैबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीयाले  जानकारी दिए । हाल काठमाडौं बस्दै आएका ४३ वर्षीय पोखरेल मोरङको रंगेली नगरपालिका–२ स्थायी घर गएका थिए । उनि  नेकपा(एमाले) मोरङ जिल्ला सदस्यसमेत हुन्।

    मोरङ प्रहरीका अनुसार पोखरेलमाथि ठगीको गम्भीर आरोप लागेको छ। अनिलले सप्तरीको अग्निसाइबर कृष्णासवरन गाउँपालिका–५ बकधुवा निवासी ५७ वर्षीय बौआलाल चौधरीसँग छोरीलाई एबीबीएस अध्ययनका लागि नाम निकालिदिने बहानामा विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ।

    सभापति ऋषिकेश पोखरेलले ठगी प्रकरणमा मुछिएपछि स्वकीय सचिव अनिल पोखरेललाई जिम्मेवारीबाट हटाएका थिए ।



    hamroserophero hamroserophero    
  • २५ पुष २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP