logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • हाडनाता करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

    हाडनाता करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

    १ पुष- स्याङ्जा, हाडनाता करणी मुद्दाका फरार प्रतिवादी फेदीखोला गाउँपालिका-२ बस्ने ५० वर्षीया सावित्री खड्का भन्ने सावित्री सापकोटालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला अदालत स्याङ्जाको २०५७ वैशाख २१ गतेको फैसलाले उक्त मुद्दामा ३ महिना कैद सजाय ठहर भई फरार रहेकी उनलाई  जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले फेदी गाउँपालिका-२ फेदीखोलाबाट पक्राउ गरेको हो ।

    उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत स्याङ्जामा पेश गरिएकोमा अदालतको आदशले कैद भुक्तानको लागि जिल्ला कारागार स्याङ्जा पठाइएको छ ।



    hamroserophero hamroserophero    
  • १ पुष २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP