बुटवल । रुपन्देहीमा जबरजस्ती करणी गर्ने प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सैनामैना नगरपालिकामा रहेको रेडियो ‘मलमला’का स्टेसन म्यानेजर टीका खरेल रहेका छन् । कार्यालयका २३ वर्षीया सहकर्मीले मादक पदार्थ सेवन गरी यौन हिंसा गरेको उजुरी परेपछि इलाका प्रहरी कार्यालय बुटवल खरेललाई पक्राउ गरेको हो ।
घटना भदौ १ गते रातिको हो । रातको समयमा आफू एक्लै भएको मौका पारेर कोठामा प्रवेश गरी खरेलले जबरजस्ती करणी गर्न खोजेको पीडितको भनाई छ । घटना भएको रात महिलाका श्रीमान् घर बाहिर थिए । सोही मौकामा खरेलले आफूमाथि यौन दुर्व्यवहार गरेको पीडितले बताइन् । भदौ ४ गते प्रहरीकहाँ उजुरी परेसँगै भदौ ५ गते प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय बुटवलमा प्रहरी निरीक्षक दीपेन्द्र बानियाँका अनुसार खरेललाई पक्राउ गरी जिल्ला अदालत रुपन्देहीबाट पाँच दिनको म्याद थप गरिएको छ । उनका अनुसार जबरजस्ती करणी उद्योगमा अदालतबाट अनुसन्धान लागि म्याद थप गरिएको हो ।
प्रतिक्रिया