logo
  • २८ भाद्र २०८३, आईतवार | Sun, 13 Sep 2026
  • आरजु राणा भारतको राजधानी नयाँ दिल्ली पुगीन

    आरजु राणा भारतको राजधानी नयाँ दिल्ली पुगीन

    २१ पुष- काठमाडौं,  नेपाली कांग्रेसकी नेतृ एवं पूर्वपरराष्ट्रमन्त्री आरजु राणा भारतको राजधानी नयाँ दिल्ली पुगेकी छिन् । कांग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले आरजु उपचारको फलोअपको लागि दिल्ली गएको जानकारी दिए ।

    ‘उहाँ उपचारको फलोअपको लागि सोमबार दिउँसो दिल्ली जानुभएको हो,’ भानुले भने, ‘केही दिनमा फर्किनुहुन्छ ।’

    नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पनि यतिखेर दिल्लीमै छन् । उनी आइतबार साँझ दिल्ली पुगेका थिए । प्रचण्ड र आरजु दुवैको भ्रमण राजनीतिक नभएको बताइएको छ ।



    hamroserophero hamroserophero    
  • २१ पुष २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP