logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • एएफसी च्यालेन्ज लिगमा भुटानको पारो एफसीद्वारा चर्च ब्वाइज युनाईटेड पराजित

    • hamroserophero hamroserophero
    • ३० श्रावण २०८१ बुधबार
    एएफसी च्यालेन्ज लिगमा भुटानको पारो एफसीद्वारा चर्च ब्वाइज युनाईटेड पराजित

    काठमाण्डौ । एएफसी च्यालेन्ज लिगअन्तर्गत हिजो भएको खेलमा भुटानको पारो एफसीसँग नेपाली टोली चर्च ब्वाइज युनाइटेड पराजित भएको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा भुटानको पारो एफसी नेपाली टोली चर्च ब्वाइज युनाइटेडलाई २–१ गोलले पराजित गर्दै अघिल्लो चरणमा पुगेको हो ।

    जितसँगै पारो एफसी एएफसी च्यालेन्ज लिगमा छनोट भएको छ । जापानका स्टार खेलाडी होन्डासहित ११ जना विदेशी खेलाडीको साथ पाएको पारोलाई हिले मैदानमा खेल जित्न भने सकस परेको थियो ।

    नेपालको चर्च ब्वाइज युनाइटेड क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेता हो भने पारो एएफसी भुटानको लिग विजेता हो ।



    hamroserophero hamroserophero    
  • ३० श्रावण २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP