logo
  • २२ जेष्ठ २०८३, शुक्रबार | Fri, 05 Jun 2026
  • नेपाल ‘ए’ ओमानसँग पराजित

    नेपाल ‘ए’ ओमानसँग पराजित

    ९ वैशाख- काठमाडौं । नेपाल ‘ए’ टोली अभ्यास एकदिवसीय खेलमा ओमानसँग ७० रनले पराजित भएको छ।

    माथिल्लो मुलपानी क्रिकेट मैदानमा बुधबार भएको खेलमा ओमानले दिएको २८१ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ २१० रनमै समेटियो। सुरुवात राम्रो गरे पनि मध्य र तल्लोक्रमको कमजोर प्रदर्शनका कारण नेपाल खेलबाट बाहिरियो।

    ओमानले पहिले ब्याटिङ गर्दै सन्तुलित प्रदर्शनमार्फत प्रतिस्पर्धात्मक योगफल खडा गरेको थियो। जवाफी ब्याटिङमा नेपाल एक समय बलियो अवस्थामा देखिए पनि अचानक विकेट गुमाउँदा लक्ष्य भेट्न सकेन।

    नेपालका कप्तान अनिल साहले बलिङमा सुरुवातमै धेरै रन खर्चिनु र महत्त्वपूर्ण साझेदारी रोक्न नसक्नु हारको कारण भएको बताए। साथै, सेट भएका ब्याटरले खेल अन्त्यसम्म जिम्मेवारी लिन नसक्नु पनि कमजोरीका रूपमा देखिएको उनले उल्लेख गरे।



    hamroserophero hamroserophero    
  • ९ बैशाख २०८३ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP