logo
  • २३ जेष्ठ २०८३, शनिबार | Sat, 06 Jun 2026
  • स्वास्थ्य बीमाबाट ५ लाखसम्मको उपचार दिने प्रस्ताव

    • hamroserophero hamroserophero
    • २८ श्रावण २०८१ सोमबार
    स्वास्थ्य बीमाबाट ५ लाखसम्मको उपचार दिने प्रस्ताव

    काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेको २७ दिनपछि अल्पकालीन र केही दीर्घकालीन कार्यक्रम ल्याएका छन् ।

    आइतबार पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले केही नीति तथा कार्यक्रम प्रस्तुत गरे । जसमा स्वास्थ्य बीमाको दायरालाई बढाउने प्रस्ताव गरेका छन् ।

    स्वास्थ्य बीमामा सबै नागरिक समावेश गर्न नसकेको र उपचार लिन जाँदा सेवाग्राहीले भोग्नुपरेको सास्तीलाई उल्लेख गर्दै स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्य बीमा परिमार्जन गरेर लैजानुपर्ने बताए । पौडेलले बीमाको दायरा बढाएर कम्तीमा पनि ५ लाख बनाउने प्रस्ताव गरेका छन् ।

    सेवालाई गुणस्तरीय र सेवा प्रवाह प्रक्रियालाई सहज बनाउन, आबद्धतालाई द्रूत गतिमा बढाउन स्वास्थ्य बीमा ऐन बमोजिम औपचारिक र अनौपचारिक क्षेत्रलाई समेत अनिवार्य गर्ने तयारीमा छौँ,’ मन्त्री पौडेलले भने, ‘आम्दानीको आधारमा प्रिमियम र सह-भुक्तानीको प्रणालीलाई व्यवस्थित र वैज्ञानिक बनाउन बीमाको नीतिगत र कानुनी व्यवस्थामा आवश्यक पुनरावलोकन गरिनेछ ।’

    त्यस्तैगरी उनले सरकारले सञ्चालन गरिरहेको निःशुल्क र सहुलियतका कार्यक्रमलाई बीमासँगै जोडेर लैजाने बताए । बीमा प्रभावकारी ढंगबाट सञ्चालन गर्नका लागि ४० अर्ब लाग्ने भन्दै त्यसको स्रोत सुनिश्चिता केही योजना प्रस्तुत गरेका छन् ।



    hamroserophero hamroserophero    
  • २८ श्रावण २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP