काठमाडौं । एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न सरकारले ३ सदस्यीय समिति गठन गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले हेलिकप्टर दुर्घटनाको अध्ययन गर्न सुवास थापाको नेतृत्वमा समिति गठन गरेको हो ।
नेपाली सेनाका वरिष्ठ पाइलट थापाको नेतृत्वमा गठन गरिएको छानबिन समितिको सदस्यहरूमा एरोनोटिकल इन्जिनीयरहरू विष्णु बस्नेत र तनुजा पोखरेल रहेका सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । समितिलाई ३० दिनको कार्यादेश दिइएको छ ।
बुधबार दिउँसो नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा रहेका ५ जनाकै ज्यान गएको थियो ।
प्रतिक्रिया