काठमाडौं । फाइनल खेलमा भारतसँग पराजित भएर नेपाल काभा महिला भलिबल नेशन्स लिगको उपविजेता बनेको छ ।
काठमाडौंको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा बुधबार भएको फाइनलमा भारतले नेपाललाई ३–२ अन्तरको सेटमा हराएको छ । नेपालले पहिलो सेट २५–२३ ले जितेको थियो । दोस्रो सेट भारतले २५–१४ ले जित्यो । तेस्रो सेट नेपालले २५–२२ ले जितेको थियो ।
चौथो सेटलाई भारतले २५–२१ अन्तरले जित्यो । त्यसपछि अन्तिम सेट १५–५ अन्तरले जितेर भारतले उपाधि जितेको छ ।
इरानलाई हराउँदै नेपाल र श्रीलंकालाई हराउँदै भारत फाइनलमा पुगेका थिए । लिग चरणमा नेपालले भारतलाई ३–२ सेटमा हराउँदै ऐतिहासिक जीत निकालेको थियो । महिला भलिबलमा भारतमाथि नेपालको त्यो पहिलो जीत थियो ।
प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, इरान र माल्दिभ्स गरी ५ देश सहभागी थिए ।
प्रतिक्रिया