logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • विश्व हाप्किडो च्याम्पियनसिपमा नेपाललाई ४ पदक

    • hamroserophero hamroserophero
    • २२ श्रावण २०८१ मंगलवार
    विश्व हाप्किडो च्याम्पियनसिपमा नेपाललाई ४ पदक

    काठमाडौं । थाइल्याण्डमा आयोजना भएको विश्व हाप्किडो च्याम्पियनसिप २०२४ मा नेपालले ४ पदक जितेको छ । नेपालले एक रजत र ३ कांस्य गरी ४ पदक हात पारेको हो ।

    नेपालका खेलाडी मेग्मा गुरुङले रजत, राजेन्द्र तामाङ, ईमा थापा र चन्द्रबहादुर बोहोराले कांस्य पदक जितेका हुन् । महिला माइनस ३८ केजी तौलको  फाइनलमा स्वर्ण पदकको लागि मेग्मा गुरुङ थाइल्याण्डको खेलाडीसँग अंकको आधारमा पराजित भई रजत प्राप्त गरिन । राजेन्द्र तामाङले माइनस ६८ केजी तौलको सेमिफाइनलमा लावोस र ईमा थापा माइनस ४७ केजी तौलको कम्बोडिया खेलाडीसँग पराजित भई कांस्य पदक प्राप्त गरे ।

    त्यस्तै, शनिबार चन्द्रबहादुर बोहोराले कांस्य पदक जितेका थिए । च्याम्पियनसिप अगस्त १ देखि ४ तारिख सम्म थाइल्याण्डको नन्थावुरी स्टेडियममा भएको थियो ।



    hamroserophero hamroserophero    
  • २२ श्रावण २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP