logo
  • ३० भाद्र २०८३, मंगलवार | Tue, 15 Sep 2026
  • गोरखाको धार्चेमा लेदोसहितको पहिरो जाँदा बेपत्ता पाँचै जनाको शव फेला

    • hamroserophero hamroserophero
    • १९ श्रावण २०८१ शनिबार
    गोरखाको धार्चेमा लेदोसहितको पहिरो जाँदा बेपत्ता पाँचै जनाको शव फेला

    गोरखा । गोरखाको धार्चेमा लेदोसहितको पहिरो जाँदा बेपत्ता भएका पाँचै जनाको शव फेला परेको छ।  बाँकी एकजनाको शव पनि भेटिएको गोरखा जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिएका छन् । गोरखाको आरुघाट गाउँपालिका ८ लामागाउँ बस्ने २४ वर्षका रमेश परियारको शव भेटिएको हो । उनको शव घटना स्थलभन्दा २ किलोमिटर तल रेशा खोलामा फेला परेको हो ।

    चारजनाको शव यस अघि नै फेला पारिसकेको थियो । सुचना अधिकारी श्रेष्ठका अनुसार यसअघि ३७ वर्षीय जीतबहादुर गुरुङ, उनकी पत्नी कान्छी गुरुङ, ६० वर्षीय बुबा सुलाल कान्छा गुरुङ र धार्चे ५ सिंग्लाका ३३ वर्षीय रमेश गुरुङ मृत भेटिएका हुन् ।

    गत साउन १३ गते धार्चे गाउँपालिका ५ रेशामा पाहिरो जाँदा पाँच जना बेपत्ता भएका थिए ।



    hamroserophero hamroserophero    
  • १९ श्रावण २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP