logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • सुनकोे भाउ आज ३ लाख नाग्यो

    • hamroserophero hamroserophero
    • १० माघ २०८२ शुक्रबार
    सुनकोे भाउ आज ३ लाख नाग्यो

    ९ माघ -काठमाडौं, आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलाको तीन लाख रुपैयाँ नाघेको छ । सुनको मूल्य एकैदिन तोलामा नौ हजार २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज छापावाल सुनको मूल्य तोलाको तीन लाख एक हजार ४०० रुपैयाँ कायम छ । यो हालसम्मकै उच्च मूल्य हो । बिहीबार ९माघ ८० छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार २०० रुपैयाँका किनबेच भएको थियो ।

    चाँदीको मूल्य पनि तोलामा ३२० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ६ हजार १९० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला पाँच हजार ८७० रुपैयाँमा कारोबार भएको थियो ।



    hamroserophero hamroserophero    
  • १० माघ २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP