logo
  • २० जेष्ठ २०८३, बुधबार | Wed, 03 Jun 2026
  • मलाई होइन, बालेनको श्रीमतीलाई ‘आमा’ भन : सुशीला कार्की

    • hamroserophero hamroserophero
    • २७ बैशाख २०८३ आईतवार
    मलाई होइन, बालेनको श्रीमतीलाई ‘आमा’ भन : सुशीला कार्की

    २७ वैशाख- काठमाडौं । पूर्वप्रधानमन्त्री एवं पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफूलाई ‘आमा’ नभन्न आग्रह गर्दै प्रधानमन्त्री बालेन साहकी श्रीमतीलाई ‘आमा’ भन्न कटाक्ष गरेकी छन् ।

    एक सञ्चारकर्मीले ‘आमा दर्शन’ भनेर सम्बोधन गरिएको विषयमा असन्तुष्टि व्यक्त गर्दै उनले यस्तो भनेकी हुन् ।

    शनिबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा कार्कीले भनिन्, ‘कोले हो आमा भनेको ? तिमीहरूको आमा नै फेरिइसक्यो । बालेनको श्रीमतीलाई आमा भन ।’ कार्कीले यो अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

    पूर्वप्रधानन्यायाधीश कार्कीले प्रधानन्यायाधीश सिफारिसको विषयलाई लिएर प्रधानमन्त्री बालेनप्रति असन्तुष्टि व्यक्त गर्दै आएकी छन् ।

    कार्कीले प्रधानन्यायाधीश सिफारिसमा चौथो वरीयतामा रहेका डा. मनोज शर्मालाई नियुक्ति गलत भएको भन्दै सार्वजनिक रूपमा असन्तुष्टि जनाएकी थिइन् ।

    संवैधानिक परिषद्ले वरिष्ठताको परम्परा तोड्दै चौथो वरीयताका न्यायाधीश शर्मालाई सिफारिस गरेपछि कार्कीले न्यायालयको स्वतन्त्रता र विश्वसनीयतामाथि गम्भीर असर पर्ने चेतावनी पनि दिएकी थिइन् ।



    hamroserophero hamroserophero    
  • २७ बैशाख २०८३ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP