logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • देउवाले बोलाए आफूनिकटका नेताहरुलाई महाराजगन्जमा

    देउवाले  बोलाए आफूनिकटका नेताहरुलाई महाराजगन्जमा

    २७ पुष – काठमाडौं, आज भृकुटीमण्डपमा नेपाली कांग्रेसको विशेष महाधिवेशन चलिरहँदा पार्टी सभापति शेरबहादुर देउवाले पनि आफूनिकटका नेताहरूलाई महाराजगन्जस्थित निवासमा बोलाएका छन् ।

     

    देउवानिकट एक नेताका अनुसार कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित नेता रमेश लेखक पनि देउवा निवास पुगिसकेका छन् ।

    उनीहरूबाहेक अन्य नेताहरू पनि आउने क्रम जारी रहेको ती नेताले बताए । तर, पार्टीभित्र बढ्दो असन्तुष्टिका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाशले विशेष महाधिवेशन आह्वान गरेका हुन् ।

     



    hamroserophero hamroserophero    
  • २७ पुष २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP