logo
  • २३ जेष्ठ २०८३, शनिबार | Sat, 06 Jun 2026
  • आगलागीबाट १२ घरगोठ जलेर नष्ट

    • hamroserophero hamroserophero
    • २७ बैशाख २०८३ आईतवार
    आगलागीबाट १२ घरगोठ जलेर नष्ट

    २७ वैशाख – राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ स्थित वभनगामा टोलमा गएराति आगलागी भएको छ । आगलागीमा छ परिवारको १२ वटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

    स्थानीय रामअवतार यादवको गाईगोठमा बालिएको घुरबाट सल्केको आगोले निजको दुईवटा घर र एउटा गाईगोठ, छिमेकी जुगाइ यादवको दुईवटा घर र एउटा गोठ, अनिल यादवको दुईवटा घर एउटा गोठ, योगिन्द्र यादव, राजकुमार यादव, धीरेन्द्र यादवको एक/एक वटा घर गरी ९ घर र तीन वटा गाईगोठसमेत १२ वटा घर पूर्ण रुपले जलेर नष्ट भएको स्थानीय रामनाथ यादवले जानकारी दिए ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट खाद्यान्न, लत्ताकपडा, गरगहना, फर्निचरलगायत नगदसहित करिब ४५ लाख रुपैयाँभन्दा बढीको धनमालको नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ ।

    हनुमाननगर कङ्कालिनी नगरपालिका, मधेस प्रदेश प्रहरी तालिम केन्द्र राजविराजबाट आएको बारुण यन्त्र र स्थानीयवासीका सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।



    hamroserophero hamroserophero    
  • २७ बैशाख २०८३ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP