logo
  • २२ जेष्ठ २०८३, शुक्रबार | Fri, 05 Jun 2026
  • ओलीले लगाएको गुन तिर्न अएको हुँ, रवि लामिछाने

    ओलीले लगाएको गुन तिर्न अएको हुँ, रवि लामिछाने

    ७ पुष-काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफ्नो पहिलो तारेखका लागि काठमाडौं जिल्ला अदालत पुगेका छन् ।

    सोमबार तारेखका लागि जिल्ला अदालत पुगेका उनले सञ्चारकर्मीहरुसँगको छोटो कुराकानीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएको गुन तिर्न गएको प्रतिक्रिया दिए ।

    उनले भने,‘गुन लगाइदिनुभएको छ नि केपी ओलीजीले, त्यही गुन तिर्न आइराखेको छु । सबै जिल्ला अदालतमा जानुपर्ने छ । ठाउँठाउँमा वा जिउँमा किला ठोकेको जस्तो भएको छ । सात दिन भित्र सबै अदालत हाजिर हुनुपर्नेछ । विष अझै बाँकी छ शरीरमा, त्यसको लागि तयारी गरिरहेको छु ।’



    hamroserophero hamroserophero    
  • ७ पुष २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP