२९ चैत-काठमाडौं, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले २३ करोड बढी सम्पत्ति रहेको पाइएको छ ।
आज सार्वजनिक विवरण अनुसार उनको ४१ लाख २७ हजार खुद सम्पत्ति रहेको उल्लेख गरिएको हो । उनको ७५ लाख ऋण र सापटी लिएको उल्लेख गरेका छन् ।
बुबा रमेशकुमार पोखरेल र आमा मिनाक्षी ओझा पोखरेलको नाममा काठमाडौंमा ४ र पाँच करोडको घर जग्गा रहेको उल्लेख छ । बाबु राष्ट्र बैंकमा कार्यरत हुँदाको कमाइ र पैत्रिक सम्पत्तिबाट आर्जन गरिएको उल्लेख छ ।
काठमाडौं, विराटनगर, ललितपुरको गोदावरी, गोकर्णेश्वरमा बाबुआमा र पैत्रिक रूपमा संयुक्त साढे ११ करोड हाराहारी रुपैयाँको जग्गा रहेको उल्लेख छ ।
२५ तोला सुन र एक सय तोला चाँदी रहेको पनि उल्लेख छ । सानिमा र एनआईसी एसिया बैंकमा साढे चार लाख नगद रहेको उल्लेख छ । विभिन्न कम्पनीका सेयर र दुईवटा गाडी रहेको पनि विवरणम उल्लेख छ ।

प्रतिक्रिया