२४ चैत -काठमाडौं, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज राति इरानको सम्पूर्ण सभ्यताको अन्त्य गर्ने धम्की दिएका छन् । उनले इरानमा ४७ वर्षको दमन, भ्रष्टाचार र मृत्युको अन्ततः अन्त्य हुने घोषणा गरेका हुन् ।
ट्रम्पको चेतावनीसँगै आज राति इरानमाथि ठूलो आक्रमण हुने संकेत देखिएको छ । एकदिन अघि मात्र ट्रम्पले इरानलाई रातारात ध्वस्त पार्न सकिने र त्यो सम्भवतः मंगलबार राति पनि हुनसक्ने बताएका थिए ।
ट्रम्पको यो धम्की इरानले तीव्र आक्रमणको सामना गरिरहेको बेला आएको हो । अमेरिकाले आजै (मंगलबार) इरानको खार्ग टापुमा पनि धेरै आक्रमण गरेको छ ।
आफ्नो सामाजिक सञ्जालमा लेख्दै ट्रम्पले भनेका छन्– आज राति एउटा पूरै सभ्यता मर्नेछ, फेरि कहिल्यै फिर्ता ल्याइने छैन । म त्यो चाहन्न, तर सायद यो हुनेछ ।

प्रतिक्रिया