logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • भाउजुको एसईई परीक्षा दिने नन्द पक्राउ

    • hamroserophero hamroserophero
    • २४ चैत्र २०८२ मंगलवार
    भाउजुको एसईई परीक्षा दिने नन्द पक्राउ

    २४ चैत – सुनसरी,  जारी माध्यामिक शिक्षा परीक्षा एसईई मा भाउजुको परीक्षा दिने नन्द पक्राउ परेकी छिन् ।

    सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित श्री पृथ्वीनारायण माध्यमिक विद्यालय परीक्षा केन्द्रमा भाउजुको नाममा परीक्षा दिइरहेकी नन्दलाई पक्राउ गरिएको हो ।

    विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले एसइई दिइरहेकी हरिनगर–६ की २० वर्षीया नुसरत खातुनलाई पक्राउ गरिएको हो ।

    नुसरतले आफ्नै भाउजु सलमा अजहरको नाममा परीक्षा दिइरहेकी थिइन् । भोक्राहा–२ स्थित जामिया इस्लामिया मदरसामा कक्षा १० मा अध्ययनरत सलमा हाल कतारमा रहेको जनाइएको छ ।



    hamroserophero hamroserophero    
  • २४ चैत्र २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP